ओली र एमाले अस्थिरताको बीउ, कांग्रेससँग डरले थुरथुर

सम्पादकीय

एमालेले संसदीय व्यवस्थालाई बेलाबेला असर पर्ने गतिविधि गर्दै आएको छ । विगतमा एमालेले ५७ दिनसम्म प्रतिनिधि सभा अबरुद्ध गरेको इतिहाँस छ । आफूलाई मन परेन भने एमालेले संसदीय व्यवस्थाको हुर्मत लिने काम गर्ने गरेको उसका गतिविधिहरूले देखाउने गरेको छ । प्रतिनिधि सभा प्रमुख विपक्षी दलको हो भन्छन् ।

तर, त्यसलाई कसरी सहि बाटोमा अगाडि बढाउने भन्ने कुरामा एमालेले ध्यान दिनुपर्छ । नेपाली कांग्रेसले साढे तीन वर्षसम्म सरकारलाई प्रतिनिधि सभाबाट सहयोग गरेको छ । छिटफुट घटनाबाहेक कांग्रेसले प्रतिनिधि सभालाई कहिल्यै पनि निरन्तर अबरुद्ध गरेन । कांग्रेसले संसदलाई अबरोध गरेर कहिल्यै पनि राजनीतिक सम्वादहीनताको अवस्था ल्याएन ।

झण्डै दुईतिहाइको बहुमत हुँदा पनि एमालेले सहज रुपमा सरकार चलायो । एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदमा कांग्रेसको ठूलो सामना गर्नुपरेन । कांग्रेसले एक/दुई पटक साधारण रुपमा संसद अबरोध गरे पनि मर्यादापालकको हात टोक्ने, मर्यादापालकको काँधमा चढ्ने, उछृङ्खल गतिविधि गरेन ।

एमालेले पनि कांग्रेसबाट प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने कुरा सिक्नुपर्छ । संसदको गरिमालाई बचाउने काम प्रमुख विपक्षी दल एमालेको हो । एमालेले नै संसदलाई बन्धक बनाएपछि कसरी लोकतन्त्रको रक्षा हुन्छ ? संसद रह्यो भने लोकतन्त्र बलियो हुन्छ । गणतन्त्र बलियो हुन्छ । एमालेले संसदको गरिमा र महत्वलाई बुझेको छैन । एमालेको सांसदहरूले सभामुखमाथि आक्रमण गर्ने योजना थियो भनेर आफ्ना अन्तर्वार्ताहरूमा भन्ने गरेका छन् । सभामुख को बनेको छ भन्ने व्यक्तिगत कुरा ठूलो होइन । तर, सभामुख पदको गरिमा बुझ्नु पर्छ ।

सभामुख अग्निप्रसाद सापकोटा व्यक्ति मन नपर्न सक्छ । सापकोटालाई सभामुख एमालेले नै बनाएको हो । अहिले आएर सापकोटा मन परेन भन्नु उचित हुँदैन । एमालेले नै संविधानको उल्लंघन हुने गरेर उप–सभामुख महिलालाई दिनुपर्नेमा अहिलेसम्म दिन मानेको छैन । विगतमा उप–सभामुख बनाउन कांग्रेसले विपक्षमा रहेका बेला आवाज उठाएको थियो । एमालेले सुनेन् । अहिले आएर उसलाई कांग्रेसका कुरा बिझाएको छ । स्मरण गर्न बाध्य बनेको छ ।

व्यक्तिगत स्वार्थ र सत्ताका कुरा मिल्दासम्म सबै कुरा ठीक हुने । स्वार्थ नमिल्दा व्यक्ति मन नपर्ने भन्ने कुरा राजनीतिमा सुहाउँदैन । एमालेले बहुमत छ भन्दैमा विगतमा गरेका गल्तीको पाठ सिक्नुपर्छ । व्यक्तिगत स्वार्थपूर्ति गर्न ओलीले दुई पटकसम्म प्रतिनिधि सभा बिघटन गरेका थिए । संसदका गरिमा र मर्यादा बुझेको भए ओलीले संसदको हत्या गर्ने काम गर्ने थिएनन् । ओलीलाई अहिले आफैले हत्या गरेर सर्वोच्च अदालतको आदेशमा ब्यूँतिएको संसद चाहिएको छ ।

Published : Thursday, 2021 September 16, 6:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया