पर्वतमा तरुण कोषाध्यक्षको ‘मास्क र जनचेतना’ अभियान, सिन्धुपाल्चोक तरुणको सहयोग

कुश्मा । नेपाल तरुण दलका कोषाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता विद्ववान गुरुङले गृहजिल्ला पर्वतमा ‘मास्क र जनचेतना’ अभियान चलाएका छन् ।

कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक जनचेतनाका लागि केन्द्रीय कोषाध्यक्ष गुरुङले नेपाल तरुण दल जिल्ला कार्यसमिति पर्वतमार्फत मास्क वितरण र जनचेतना अभियान चलाएका हुन् । उनले मास्कमार्फत जिल्लाभरि जनचेतना फैलाउन तरुणहरूलाई निर्देशन दिएका थिए ।

‘एक लाख मास्क धेरै ठूलो कुरा होइन । मास्कमार्फत जनचेतना फैलाउने काम ठूलो हो’, गुरुङले भने, ‘हामी सबै राजनीतिक नेतृत्वले सक्ने सहयोगहरू गरेर जनताको जीवन बचाउन स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुपर्छ ।’

कोषाध्यक्ष गुरुङले पर्वतको तरुण दललाई एक लाख मास्क उपलव्ध गराएका हुन् । ती मास्क ६१ वटा वडामा वितरण गर्न उनले निर्देशन दिएका थिए । गुरुङको निर्देशानुसार पर्वत तरुण दलले वडाहरूमार्फत मास्क वितरण गरिसकेको छ ।

कोषध्याक्ष गुरुङको मास्कमार्फत जनचेतना फैलाउने अभियानलाई नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्ष दोर्जे लामाले मास्क उपलब्ध गराएर सहयोग गरेका छन् ।

तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ‘राज’ले कोषाध्यक्ष गुरुङको निर्देशानुसार आफूहरूले वडाहरूमा मास्क पठाएर जनचेतना फैलाउने काम गरेको बताएका छन् ।

‘सबैको घरघरमा पुगेर मास्क वितरण गर्न कठिन छ । तर, मास्क वितरणको बहानामा कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ, मास्क लगाउनुपर्छ भन्ने जनचेतना फैलाउने प्रयास गरेका छौँ’, अध्यक्ष मल्लले भनेका छन् ।

Published : Monday, 2021 August 30, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया