संसदीय दलको नेतामा नेपाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई चयन गरेको छ ।

आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका नेपाललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

संसदीय दलको नेतामा नेपाललाई मुकुन्द न्यौपानेले प्रस्ताव गरेका थिए । एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा(एस)ले दलको मान्यता पाएको थियो ।

बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।

बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी छन् ।

उता, निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि भदौ २२ गतेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगको आइतबारको बैठकले एमाले र जसपाबाट छुट्टिएर गठन भएका नेकपा (एस) र लोसपा मा जान चाहनेका लागि समय निर्धारण गरेको हो ।

नयाँ दल भदौ २ गते गठन भएकाले नयाँ दल रोज्ने समय भदौ २२ गते तय गरिएको छ ।

Published : Sunday, 2021 August 29, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया