पाल्पामा सिद्धार्थ लोकमार्ग अवरुद्ध, बालिकाको मृत्यु

तानसेन । पाल्पा जिल्लाको डुम्रेस्थित सिद्धार्थ लोकमार्गमा माथिबाट खसेको पहिरोले सडक अबरुद्ध बनाएको छ ।

आइतबार बिहान साढे १० बजेको समयमा तानसेन नगरपालिका– ८ डुम्रेस्थित सिद्धार्थ लोकमार्गमा अविरल वर्षाको कारण सडकमाथिबाट आएको पहिरोले देवबहादुर सारुको २ तल्ले पक्की घरसहित पहिरोले बगाउँदा सिद्धार्थ लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।

यसैबीच, पाल्पाको तानसेन नगरपालिका–५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ ।

आइतबार बिहान साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेका बेला घर भत्किँदा १० वर्षीय नैना दर्जी घरले पुरिएर घाइते भएकी थिइन् ।

घाइते भएकी दर्जीलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल लगिएको थियो । दर्जीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2021 August 29, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया