कांग्रेसले दियो पोखराका कम्युनिस्टहरूलाई तनाब, देउवाद्वारा भव्य स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराका चर्चित पर्यटन व्यवसायी तथा पूर्व उप–मेयर गणेशबहादुर भट्टराईसहितको टिमलाई पार्टीमा भव्य स्वागत गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले भट्टराईसहितका व्यवसायी र नेताहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।
देउवाले कांग्रेस नेतृत्वको सरकार व्यवसायीहरूको मागका विषयमा गम्भीर रहेको भन्दै संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।
कार्यक्रममा पूर्वसांसद एवम् कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
कांग्रेस प्रवेश गर्नेमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार वाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, ई.विकास भट्टराई, ई.विषेश थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ र अमृत ढकाल रहेका छन् ।
पोखराका चर्चित पर्यटन व्यवसायीहरू कांग्रेसमा प्रवेश गरेपछि एमाले, माओवादीसहितका दलहरूभित्र खैलाबैला भएको छ । पोखरामा कम्युनिस्टहरूलाई तनाब भएको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया