शर्मा प्रधानसेनापतिमा नियुक्त

काठमाडौं । प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् ।

शर्मालाई शुक्रबार राष्ट्रपतिबाट प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिषदको केही दिन अघिको सिफारिसअनुसार शर्मालाई प्रधानसेनापति नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शर्मा अहिले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा छन् । शर्मा तीन वर्ष नेपाली सेनाको नेतृत्वमा रहनेछन् ।

शर्मालाई भदौ २४ गतेदेखि सेनाको पूर्ण कमाण्ड सम्हाल्नेगरी प्रधानसेनापति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Published : Friday, 2021 August 27, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया