ओली–पोखरेलका संयोजकको ग्याङले दाङमा उदण्ड काम गरे, एमालेले मूल्य चुकाउनुपर्ने

घोराही । प्रमुख विपक्षी दल एमालको भ्रातृ संगठन अनेरास्ववियुको जिल्ला कमिटी दाङका संयोजक सर्जन परियारसहितको ‘ग्याङ’ले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरटेण्डेन्ट (मेसी) डा. विनोद सिंहलाई कालोमोसो दलेर अपमान गरेको छ ।

अध्यक्ष परियारको नेतृत्वमा पुगेकाहरूले शुक्रबार दिउँसो डा.सिंहको कार्यकक्षमा कालोमोसो दलेर अपमान गरेका हुन् । कालोमोसो दलेपछि संयोजक परियारको ग्याङ फरार भएको प्रहरीले बताएको छ ।

तुलसीपुर उप–महानगरपालिका– १८ का संयोजक परियारले डा.सिंहमाथि कालोमोसो दलेर भागेपछि कारबाहीका लागि प्रहरीले खोजी कार्य शुरु गरेको छ ।

डा.सिंहले ६ जनाको संख्यामा कार्यकक्षमा आएका व्यक्तिहरू आएको बताए । सोही क्रममा संयोजक परियारले कालोमोसो दलको डा.सिंहले बताएका छन् ।

संयोजक परियारले एकदिन अगाडि सामाजिक सञ्जालमा अस्पतालका बारे असन्तुष्टि पोखेका थिए ।

एमाले निकटका स्वास्थ्यकर्मीले गत साउनमा आफ्ना तीन जना मानिसलाई अस्पतालमा करारमा जागिर खुवाएका थिए । संयोजक परियारले डा.सिंहसँग आर्थिक सहयोग माग्न गएका थिए ।

डा.सिंहले संयोजक परियारको ग्याङले मागेको रकम दिन नसक्नेभन्दै सिधै इन्कार गरिदिएका थिए । पैसा नपाएपछि संयोजक परियारको ग्याङ डा.सिंहसँग रिसाएको थियो ।

अस्पताल विकास समितिको अनुमित चाहिने भन्दै डा.सिंहले पैसा दिन नमानेपछि ६ जनाको ग्याङ ल्याएर संयोजक परियारले कालोमोसो दलले भागेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्माले घटनापछि बसेको बैठकले अनेरास्ववियु दाङ जिल्ला कमिटीका संयोजक परियारसहितका व्यक्तिलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको बैठकले शनिबार बिहान ९ बजेसम्म आरोपित संयोजक परियारलाई पक्राउ गरि हदैसम्म कानूनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

संयोजक परियारलाई कारबाही नहुँदासम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको चिकित्सक र स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

उता, एमालेको जिल्ला कमिटी दाङका संयोजक हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति जारी गरेर अनेरास्ववियुका संयोजक सर्जन परियार र सह–संयोजक दिवस क्षेत्रीलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेर पार्टीबाट निष्काशन गरेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली र एमालेका नेता शंकर पोखरेलका विद्यार्थी नेताहरूबाट भएको हर्कतको चौतर्फी विरोध भएको छ ।

Published : Friday, 2021 August 27, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया