एमाले सांसदको ‘लुटेरा’ ग्याङको हर्कतको कांग्रेसद्वारा भण्डाफोर, औकातमा बस्न चेतावनी

धनकुटा । नेपाली कांग्रेसले जुटाएको स्वास्थ्य सामग्रीहरू एमालेले लुट्ने प्रयास गरेको खुलासा भएको छ ।

एमालेको प्रदेश १ का सांसद राजेन्द्र राईको नेतृत्वको टोलीले कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाले जुटाएको स्वास्थ्य सामग्री लुट्ने प्रयास गरेको धनकुटा कांग्रेसले जनाएको छ ।

सूर्यबहादुर थापा फाउन्डेशनमार्फत कोरोना महामारीका बेला वितरण गर्न भनेर धनकुटाको प्यासिफिक होटलमा राखिएको स्वास्थ्य सामग्रीहरू एमालेका प्रदेश सांसद राईको नेतृत्वमा पुगेका १५–२० जनाको समूहले लुट्ने प्रयास गरेको धनकुटा कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेको लुटेरा समूहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ल्याएर सूर्यबहादुर थापा फाउन्डेशन र धनकुटा कांग्रेसको नामबाट बाँड्न लागेको आरोप लगाएर स्वास्थ्य सामग्रीहरू लुट्ने प्रयास गरेको थियो ।

फाउन्डेशनका संस्थापक सदस्य एवम् कांग्रेसका सह–महामन्त्री थापाका छोरा सिद्धार्थ थापाले कोरोनाको तेस्रो लहर आउँछ भनेर धनकुटाका जनताको जीवन रक्षा गर्न निजी क्षेत्रबाट सामान जुटाएर राखेका सामग्री एमालेका प्रदेश सांसद राजेन्द्र राईको अगुवाईमा लुट्ने प्रयास भएको बताए ।

सिद्धार्थले निजी पैसा र आफूले जुटाएको स्वास्थ्य सामग्री राखिएको बताए । राजेन्द्र राई र उनको समूहले स्वास्थ्य सामग्री कब्जा गर्न खोजेकोमा घोर आपत्ति जनाएका छन् ।

एक महिनाअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि धनकुटाका लागि स्वास्थ्य सामग्री छुट्टाएको छ । सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौंबाट धनकुटामा आएको छैन ।

‘कुनै अनुसन्धान नगरी स्वास्थ्य सामग्री लुट्न खोज्ने कार्यले एमालेका प्रदेश सांसद राजेन्द्र राईलाई राम्रो हुँदैन’, सिद्धार्थले भने, ‘पोलिटिकल माइलेज बढाउन भ्रम फैलाउन खोज्नु गलत हो ।’

एमाले र कम्युनिस्टहरूको झण्डै दुईतिहाइको सरकार बन्दा पनि कोरोना रोकथाम र उपचारमा ध्यान दिएका र्थिनन् । जनतालाई स्वास्थ्य सामग्री वितरण गर्न निजी प्रयासमा ल्याइएका सामग्री पनि एमालेले लुट्न खोजेपछि एमालेको कालोअनुहार उदाङ्गिएको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले एमालेहरूलाई औकातमा बस्नेत चेतावनी दिएका छन् । उनले व्यक्तिगत प्रयासमा कांग्रेसका सह–महामन्त्री थापाले ल्याएको स्वास्थ्य सामग्रीमा आँखा नलगाउने सचेत गराएका छन् । सचिव राईले कांग्रेसलाई आक्षेप लगाएर एमाले धनकुटाद्वारा जारी भएको विज्ञप्तिको पनि विरोध गरेका छन् ।

Published : Friday, 2021 August 27, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया