भदौ १४ गते देशभरि सार्वजनिक विदा

काठमाडौं । सरकारले भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।

श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार मन्त्रिपरिषदको भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 August 26, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया