साउदीबाट थारूलाई ८५ हजार सहयोग

विष्णु घिमिरे

साउदी अरेयिबा । साउदी अरेबियामा स्थापित सामाजिक संस्था नेपाली साझा मञ्चले नेपालस्थित कञ्चनपुर शुक्लाफाट नगरपालिकाका बमबहादुर राना थारूलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

मञ्चले थारूलाई सहयोग स्वरुप रु. ८६ हजार ४ सय ४९ रूपियाँ सहयोग गरेको हो ।

घुँडाको हाडजार्नीमा क्यान्सरका कारण अलपत्र परेका थारूले उपचार गराउन सकेका थिएनन् ।

उनलाई अप्रेशन गर्न र जोर्नीमा स्टिल राख्न ५ लाख खर्च हुने जानकारी पाउना साथ पञ्चले अभियान चलाएर सहयोग रकम संकलन गरेर उपलब्ध गराएको छ ।

थारूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले थारूको रेखदेख गरेकी छिन् ।

Published : Thursday, 2021 August 26, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया