सरकारद्वारा राजनीतिक नियुक्ति, धामीको परिवारलाई १० लाख

काठमाडौं । सरकारले भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपियाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दार्चुलाका धामीको परिवारलाई १० लाख दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री एवम् प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले बुर्तिबाङ, पौदी, अमराई, तम्घास, सम्धीखर्क, गोरुसिंगेको १३२ केभी प्रसारण लाइन आयोजनाअन्र्तगत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर बायाँ ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने निजी जग्गा लगायतका अन्य संरचनाहरूलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ ।

विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट बाणगंगा कपिलवस्तु निवासी डा.शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।

सरकारले हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

Published : Thursday, 2021 August 26, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया