यी हुन् ओलीको घमण्ड ठेगान लगाउने होनहार सांसदहरू
काठमाडौं । एमाले विभाजन गरेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णयमा २९ जना प्रतिनिधि सभाका सांसदले सनाखत गरेका छन् ।
झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेका हुन् ।
एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो । नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ । आयोगले अब यसैका आधारमा नेपाल नेतृत्वको पार्टी दर्ता गर्न सक्छ ।
ओलीको एमालेलाई छाड्ने सांसदहरूमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव रहेका छन् ।
सांसदहरू भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ ‘किसान’, कलिला खातुन, हीराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंके, लक्ष्मी चौधरी, विना बुढाथोकी रहेका छन् ।
राष्ट्रिय सभाका सांसदहरू बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौड्याल, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाइँ, शान्तिकुमारी अधिकारी जिसीले ओलीलाई छाडेर नेपाल समूहको पार्टीमा गएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया