तरुण विभागको बागमती प्रदेश सचिवमा विनोद महर्जन मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले ललितपुरका तरुण नेता विनोद महर्जनलाई तरुण विभाग बागमती प्रदेशको सचिवमा मनोनीत गरेका छन् ।

बुधबार पूर्वमन्त्री समेत रहेका भण्डारीले किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी महर्जनलाई तरुण विभाग बागमती प्रदेशको सचिवमा मनोनीत गरेको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

तरुण विभागको बागमती प्रदेश सचिवमा मनोनीत महर्जन ललितपुर तरुण दलका नेता पनि हुन् । उनी ललितपुर कांग्रेसमा लोकप्रिय मानिन्छन् ।

तरुण विभागका प्रमुख भण्डारीले पूर्व राष्ट्रिय खेलाडी सरोजकुमार श्रेष्ठ र सुनिल महर्जनलाई पनि बागमती प्रदेशको सदस्यमा मनोनीत गरेका छन् ।

बागमती प्रदेशको तरुण दलको सचिव र सदस्यहरूमा मनोनीत भएकाहरूलाई निर्देशन दिँदै भण्डारीले कांग्रेसलाई अझै बलियो र मजबुद बनाउने कार्यमा लाग्न आग्रह गरेका छन् । उनले भने, ‘तरुणहरूको योगदानले नै कांग्रेस बलियो बन्छ । तपाईहरूले जिम्मेवारीअनुसार काम गर्नु हुनेछ ।’

खेलकुद विभागका सचिव महर्जनले पनि तरुण दलको बागमती प्रदेश सचिव र सदस्यहरूमा मनोनीत भएकाहरूलाई शुभकामना दिएका छन् ।

Published : Wednesday, 2021 August 25, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया