लामा, खतिवडासहितका कांग्रेस नेताहरूद्वारा स्व.शर्माप्रति श्रद्धाञ्जलि व्यक्त
रामपुर । नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय आमन्त्रित सदस्य एवम् पूर्वसांसद कृष्णकिशोर घिमिरेकी आमा स्व.यवादेवी शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सोमबार दाङको घोराही नगरपालिकाको रामपुरस्थित पुर्ख्यौली घरमा कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा, युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, ओखलढुंगा कांग्रेसका नेता अशोक कार्कीसहितका नेताहरूले स्व.यवा घिमिरेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति भुपबहादुर डाँगी, दाङ कांग्रेसका नेता बद्री खड्कालगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
स्व.शर्माको शुक्रबार दाङमा निधन भएको थियो । शर्माको १९९४ सालमा जन्म भएको थियो ।
स्व.शर्माका छोराहरू कृष्णकिशोर घिमिरे, कपिलकिशोर घिमिरे, कृष्णकिशोर घिमिरे र कमलकिशोर घिमिरे रहेका छन् । छोरीहरू करुण शर्मा, कल्पना शर्मा घिमिरे र कविता शर्मा घिमिरे रहेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य घिमिरेका पिता स्व.ऋषिराम शर्मा घिमिरे जयन्तु संस्कृति आन्दोलनमा लागेका थिए । घिमिरे परिवारको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठूलो योगदान छ ।
घिमिरे परिवारका सबै सदस्य कांग्रेसको राजनीतिमा अहिले पनि उत्तिकै सक्रिय छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया