गृहमन्त्री खाण र भाजपाका नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभागका प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदबारमा भएको भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धका विषयमा छलफल भएको हो । गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध लामो रहेको भन्दै यसलाई अझै मजबुद बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । कांग्रेस नेतृत्वको सरकार बनेपछि भाजपाका सबैभन्दा ठूलो तहका नेता काठमाडौं आएका छन् ।

Published : Tuesday, 2021 August 24, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया