यस्तो रहेछ शंकर पोखरेलको हैसियत, आफ्नै साथीले नराम्रोसँग खुल्याइदिए

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता एवम् प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले एमालेका नेता एवम् पूर्वमुख्यमन्त्री शंकर पोखरेलको हैसियत स्मरण गराइदिएका छन् ।

नेता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलको राजनीति औकात र हैसियत सम्झाएदिएका हुन् ।

‘हेर्दाहेर्दै ! कमरेड शंकर पोखरेल माननीय विमला वलीको राजीनामा माग्ने ठाउँमा झर्नु भयो’, चौधरीले लेखेका छन्, ‘काठमाडौंमा पनि १४ जना सांसदहरूका पद खारेजीको लागि प्रमुख सचेतक र सचेतकको नेतृत्वमा प्रत्येक दिन सभामुखको कक्षमा धर्ना बसिरहेको सुनिएको छ ।’

‘याद गरौँ । यस्तै–यस्तै बितण्ड र मुर्खताले बालुवाटारको सरकारी निवासबाट बालकोटको बार्दली पुगेको भुल्नु त भा’छैन नि ?’, नेता चौधरीले पोखरेललाई प्रश्न गरेका छन् ।

एमालेका नेता पोखरेलले पार्टीभित्रको विवाद मिलाउन नसक्दा मुख्यमन्त्री पद गुमाउनु परेको छ । पोखरेलले लुम्बिनी प्रदेशकी सांसद विमल खत्री वलीलाई अपहरण गरेको आरोप पनि खेप्नु परेको छ ।

कीर्ते गरेर मुख्यमन्त्री पदमा दोस्रो पटक नियुक्ति लिएको आरोप पनि नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलहरूको छ । संख्या पुर्‍याउन नसक्दा मुख्यमन्त्री पदमा रहेकै बेला लुम्बिनी प्रदेशको बैठक छाडेर भागेको आरोप पनि छ ।

प्रदेश सभाको बैठक छाडेर भागेका पोखरेलले बहुमत सिद्ध गर्न नसक्दा मुख्यमन्त्री पदबाट राजीनामा दिएर खाइपाइ आएको सेवा र सुविधा गुमाउनु परेको थियो ।

उनै पोखरेलले अहिले आएर आफ्नै गृहजिल्ला दाङबाट तत्कालीन नेकपाबाट लुम्बिनी प्रदेश सांसदमा निर्वाचित विमला खत्री वलीलाई समेत सम्हाल्न सकेनन् । अहिले आएर तिनै विमला खत्री वलीको राजीनामा माग गरिरहेका छन् ।

मुख्यमन्त्री भइसकेको र एमालेको प्रभावशाली नेता भएर राजनीतिक विषयमा इगो लिएर तथानाम हर्कत गरेपछि एमालेका तत्कालीन नेता समेत रहेका चौधरीले खुइल्याएका हुन् ।

Published : Sunday, 2021 August 22, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया