देउवाद्वारा जेष्ठ नागरिक बस्ने ललितपुरको भवन उद्घाटन

बागडोल । ललितपुरको बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’को प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

शनिबार बागडोलमा आयोजित कार्यक्रममा देउवाले भवनको उद्घाटन गरेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थिति रहेको थियो ।

जेष्ठ नागरिकहरूका लागि भवन नमूना वृद्घाश्रमको रुपमा रहेको छ । जेष्ठ नागरिकहरूको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरूको सुविधा रहेको छ ।

भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन् ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको नेपाली रुपियाँ ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2021 August 21, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया