दुई सचिवको सरुवा

काठमाडौं । सरकारले सचिवद्वय डिल्लीराम शर्मा र भरतमणि सुवेदीको सरुवा र पदस्थापना गरेको छ ।

शर्मा र सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

शर्मालाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको स्रोतले जनाएको छ । सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।

Published : Saturday, 2021 August 21, 7:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया