कांग्रेसका केन्द्रीय सदस्य घिमिरेलाई मातृ शोक

रामपुर । नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवम् पूर्वसांसद कृष्णकिशोर घिमिरेलाई मातृशोक परेको छ ।

स्व.यवादेवी शर्माको शुक्रबार दाङमै अन्तिम दाहासंस्कार गरिएको छ । शर्माको १९९४ सालमा जन्म भएको थियो ।

१३ दिनको संस्कार दाङको पुख्र्यौली निवास रामपुरमा नै हुने कांग्रेसका युवा नेता गणेश बेल्वासेले जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि घोराहीस्थित दीपज्योति अस्पतालमा नेता घिमिरेकी आमालाई उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा निधन भएको बेल्बासेले बताए ।

स्व.शर्माका छोराहरू कृष्णकिशोर घिमिरे, कपिलकिशोर घिमिरे, कृष्णकिशोर घिमिरे र कमलकिशोर घिमिरे रहेका छन् । छोरीहरू करुण शर्मा, कल्पना शर्मा घिमिरे र कविता शर्मा घिमिरे रहेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य घिमिरेका पिता स्व.ऋषिराम शर्मा घिमिरे जयन्तु संस्कृति आन्दोलनमा लागेका थिए । घिमिरे परिवारको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठूलो योगदान छ ।

घिमिरे परिवारका सबै सदस्य कांग्रेसको राजनीतिमा अहिले पनि उत्तिकै सक्रिय छ ।

Published : Friday, 2021 August 20, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया