बर्दियामा केराउ तस्करलाई ठूलो धक्का

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली र चोरी निकासी गरेर भारततर्फ लैजान लागेको केराउ नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक पवन पछाइ र नायब निरीक्षक खड्कबहादुर डाँगीको कमाण्डमा खटिएको टोलीले बुधबार मध्यराति १६ लाख ९१ हजारभन्दा धेरै रकमको केराउ बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भन्सार छली चोरी निकासी गरी अबैध रुपमा ठूलो परिमाणमा केराउ भारतबतर्फ लैजादै छन् भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

गुलरिया नगरपालिका– १० स्थित विनोद बर्माको मिल अगाडिको खाली जमिनमा केराउको बोराहरू जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरी टोललीले फेला पारेको थियो ।

प्रहरीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिहरू साईकल छोडी भागेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले केराउ १६८.७५ क्विन्टल र साईकल थान–८ नियन्त्रण लिएको छ । सो केराउको बजार मूल्य १६ लाख ९१ हजार ५०० सय बराबरको रहेको छ । प्रहरीले बरामद गरिएको केराउ र साइकल कारबाहीका लागि भन्सार कार्यालमा बुझाएको छ ।

Published : Friday, 2021 August 20, 6:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया