बर्दियामा केराउ तस्करलाई ठूलो धक्का
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली र चोरी निकासी गरेर भारततर्फ लैजान लागेको केराउ नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक पवन पछाइ र नायब निरीक्षक खड्कबहादुर डाँगीको कमाण्डमा खटिएको टोलीले बुधबार मध्यराति १६ लाख ९१ हजारभन्दा धेरै रकमको केराउ बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भन्सार छली चोरी निकासी गरी अबैध रुपमा ठूलो परिमाणमा केराउ भारतबतर्फ लैजादै छन् भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गरेको थियो ।
गुलरिया नगरपालिका– १० स्थित विनोद बर्माको मिल अगाडिको खाली जमिनमा केराउको बोराहरू जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरी टोललीले फेला पारेको थियो ।
प्रहरीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिहरू साईकल छोडी भागेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले केराउ १६८.७५ क्विन्टल र साईकल थान–८ नियन्त्रण लिएको छ । सो केराउको बजार मूल्य १६ लाख ९१ हजार ५०० सय बराबरको रहेको छ । प्रहरीले बरामद गरिएको केराउ र साइकल कारबाहीका लागि भन्सार कार्यालमा बुझाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया