डोरमणिको मुख्यमन्त्री फुत्किएको अर्को दिन कार्यकर्तालाई बानियाँद्वारा कांग्रेसमा स्वागत

राक्सिराङ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्र बानियाँले एमालेसहित विभिन्न दल परित्याग गरेकाहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

बिहीबार मकवानपुर जिल्लाको राक्सिराङको चैनपुरमा आयोजित कार्यक्रममा सभापति बानियाँले विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका २८७ जनालाई स्वागत गरेका हुन् ।

नवप्रवेशीहरूले कम्युनिस्ट र राप्रपा भन्ने पार्टीमा लागेर आफ्नो उर्जावान समय खेर फालेको बताएका छन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै नेता बानियाँले कांग्रेसप्रति जनताको आकर्षण र झुकाबहरू बढिरहेको बताए । उनले कम्युनिस्टले जस्तो कांग्रेसले कहिल्यै पनि झुठ नबोल्ने उल्लेख गरे ।

बानियाँले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई सफल बनाउने दायित्व युवाहरूको काँधमा आएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा बनेको बताएका उनले भने, ‘हामीले यो सरकारलाई सहयोग गर्ने हो । सरकारले राम्रो काम गरेको छ ।’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएको अर्को दिन कांग्रेस नेता बानियाँले एमाले, माओवादी र राप्रपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Thursday, 2021 August 19, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया