देउवालाई सफल बनाउँदै राज्यमन्त्री श्रेष्ठ, जापानबाट बाँकी खोप पनि आउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले अनुदानमा दिने कोरोनाविरुद्धको अष्ट्राजेनेका खोप भदौ ७ गतेभित्र काठमाडौं आइपुग्ने जनाएका छन् ।

राज्यमन्त्री श्रेष्ठले बिहीबार ट्वीट गर्दै जापानले दिने भनेको खोपको ५० प्रतिशत खोप भदौको ५ देखि ७ गतेसम्म काठमाडौं आइपुग्ने जनाएका हुन् ।

‘जापान सरकारको अनुदानमा प्राप्त १६,१४,७४० मात्रा अष्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको पचास प्रतिशत खोप भद्रौ ५–७ गतेभित्र काठमाडौं ल्याइने भएको छ’, राज्यमन्त्री श्रेष्ठले भनेका छन् ।

‘यसअघि जापानबाट साउन २३–२४ मा खोप प्राप्त भएको थियो’, श्रेष्ठले भने, ‘जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद ।’

राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन एवम् जनतालाई खोप दिने विषयमा आफूलाई केन्द्रमा राख्दै आएका छन् ।

Published : Thursday, 2021 August 19, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया