कांग्रेसबाट जितेका चिरिबाबुले गृह सचिवसहित कांग्रेसीहरूको भण्डाफोर गरे

पुल्चोक । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुल्चोकस्थित समय फाल्चा (पाटी) पुनर्निर्माण गर्न नदिन आफूलाई विभिन्न ठाउँबाट दवाव आएको आरोप लगाएका छन् ।

बिहीबार समय फाल्चा अगाडि भाषण गर्दै महर्जनले गृहसचिव टेकनारायण पौडेलले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पुनर्निर्माणको काम रोक्न आदेश दिएको बताए । गृह सचिव र ललितपुरका प्रमुख जिल्ला अधिकारीको नाम नलिएर मेयर महर्जनले आफूलाई दवाव दिइरहेको बताए ।

मेयर महर्जनले नेपाली कांग्रेसका नेताहरूसँग पनि आक्रोश पोखेका छन् । कांग्रेसबाट टिकट पाएर मेयरमा निर्वाचित भएका महर्जनले कांग्रेस नेताहरूको ललितपुरमा बद्नाम गर्ने प्रयासहरू गर्दै आएका छन् । महर्जनका कतिपय हर्कतले कांग्रेसलाई ठूलो नोक्सानी पर्दै आएको छ ।

सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतको आदेशमा पनि महर्जनले असन्तुष्टि जनाएका छन् । उनले अदालतका फैसलाहरूलाई आफू अनुकूल हुने गरेर ब्याख्या गरेका छन् ।

महर्जनले २ सय वर्ष पुरानो समय फल्चा बनाइ छाड्ने घोषणा गरेका छन् । उनले ललितपुर जिल्ला अदालतले काम रोक्न भनेको बताउँदै तत्कालका लागि शिलान्यासको काम रोकिएको बताए ।

समय फाल्चा पुनर्निर्माण गर्दा कुपण्डोल–जावलाखेल सडक खण्डको सडकमा पैदल यात्रुलाई समस्या पर्छ । मेयर महर्जनले पुनर्निर्माण गर्ने भनिएको समय फल्चा सडक विभागको मापदण्डभित्र पर्छ ।

मापदण्डभित्र पर्ने जमीनमा कुनै पनि संरचना बनाउँन पाइँदैन । तर, मेयर महर्जनले जबरजस्ती सडकको मापदण्डभित्र पर्ने स्थानमा पाटी पुनर्निर्माणको काम गर्दै छन् ।

गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसले सम्हालेको छ । गृहमन्त्री बालकृष्ण खाण छन् । कांग्रेसलाई असहयोग हुने गरेर महर्जनले हर्कत अगाडि बढाएपछि ललितपुर कांग्रेस चिन्तित छ ।

Published : Thursday, 2021 August 19, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया