कांग्रेसको १४औँ महाधिवेशनका लागि सभा हल र ठाउँ बुकिङ
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप बुकिङ गरेको छ ।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । मंसिरमा हुने महाधिवेशनका लागि कांग्रेसले तीन महिनाअघि हल बुकिङ गरेको छ ।
महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बुकिङ गरेको हो । महाधिवेशनका लागि भृकुटीमण्डप र मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिनेछ ।
कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर ७ देखि १४ गतेसम्म ८ दिनका लागि भृकुटीमण्डप बुकिङ गरिएको बताएका छन् ।
कांग्रेसको १३ औं महाधिवेशन पनि राष्ट्रिय सभा गृहमै सम्पन्न भएको थियो । क्रियाशील सदस्यता टुंग्याउन नसकेका कारण महाधिवेशन मंसिरमा सरेको छ । कांग्रेसले विधान र नियमावली छपाइ पनि शुरु गरेको जनाएको छ ।
कांग्रेसले भदौ १० गतेसम्म विधान, नियमावली र क्रियाशील सदस्यताको सूची जिल्ला जिल्लामा पठाइसक्ने जनाएको छ । कांग्रेस अधिवेशन भदौ १८ बाट शुरु हुनेछ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनलाई गर्ने तयारीमा काम गरे पनि कोरोना महामारीका कारण समस्या हुँदै आएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया