देउवा सरकार सफल बनाउने दायित्व हामी तरुणको होः अध्यक्ष थापा
सुकुटे । नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारलाई सफल बनाउने दायित्व तरुणहरूको रहेको बताएका छन् ।
तरुण दल भक्तपुरद्वारा अन्तर्राष्ट्रिय युवा दिवसमा अवसरमा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सफल हुँदा मात्रै कांग्रेस सफल हुने बताए । उनले सरकारविरुद्ध लाग्नेहरूसँग तरुणहरू सतर्क हुनुपर्ने बताए ।
युवा संघ र युथ फोर्सका नाममा सरकारविरुद्ध हुने हर्कतको तरुणहरूले भण्डाफोर गर्नुपर्ने अध्यक्ष थापाले बताएका छन् ।
भक्तपुर तरुण दलले सिन्धुपाल्चोकको सुकुटेमा अनौपचारिक कार्यक्रम गरेर युवा दिवस मनाएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामा लगायतका तरुणहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया