गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार मन्त्री खाणसँग राजदूत यान्छीले भेट गरेकी हुन् । खाण र यान्छीबीच दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको गृहमन्त्री खाणको निजी सचिवालयले जनाएको छ ।

भेटका क्रममा कोरोनाविरुद्धको खोप नेपाल ल्याउने विषयमा पनि गृहमन्त्री खाण र राजदूत यान्छीबीच कुराकानी भएको थियो ।

Published : Sunday, 2021 August 8, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया