आयोगका अध्यक्ष अन्सारी र भारतीय रक्षामन्त्री सिंहबीच दिल्लीमा भेटवार्ता
नयाँदिल्ली । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
भारत भ्रमणमा रहेका अन्सारीले शनिबार नयाँदिल्लीमा भारतीय रक्षामन्त्री सिंहसँग भेट गरेका हुन् । अन्सारीले राज्यमन्त्री डा.भी.के. सिंहसँग पनि शिष्टाचार भेटवार्ता गरेको निजी सचिवालयले जनाएको छ । भेटमा दुई देशका जनताबीचको सम्बन्धमा विषयमा कुराकानी भएको थियो ।
आयोगका अध्यक्ष अन्सारीले ईन्डियन ईस्लामिक कल्चरल सेन्टरका अध्यक्ष सिराज उद्दिन कुरेशी र जामिया इस्लामीया युनिभर्सिटीका प्रोफेसर डि.के. गिरीसँग पनि भेटवार्ता गरेका छन् ।
अध्यक्ष अन्सारीले भारतको राष्ट्रिय अल्पसंख्यक कार्य मन्त्रालयका मन्त्री मुखटार अब्बास नकबीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया