जिल्ला नेता कांग्रेसमा प्रवेश गरेपछि चितवनमा जिल परे देवी ज्ञवाली र प्रचण्ड, एमालेलाई ठूलै नेताले लात हाने

कुरिनटार । चितवन जिल्लामा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

इच्छाकामना गाउँपालिका– ४ कुरिनटार शनिबार एमाले र माओवादीका १ सयभन्दा धेरै नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले स्वागत गरेका छन् ।

एमालेका जिल्ला कमिटी सदस्य चन्द्रबहादुर परियार र माओवादी केन्द्रका संगठित पार्टी सदस्य चन्द्रबहादुर प्रजासहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाल तरुण दल इच्छाकामना गाउँपालिकाका अध्यक्ष जीवन सिलवालसहितका युवाहरूको पहलमा एमाले र माओवादीका जिल्लास्तरका नेताहरू कांग्रेसमा प्रवेश गरेको चितवन कांग्रेसले जनाएको छ ।

सभापति श्रेष्ठले एमाले र माओवादीबाट प्रवेश गरेकाहरूलाई याग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस चितवनका उप–सभापति कैलाश कोइराला, जिल्ला सचिव उत्तम जोशी, नेपाल तरुण दल इच्छाकामनाका अध्यक्ष जीवन सिलवाल, वडा नम्बर ४ का कार्यवाह अध्यक्ष मुक्ति सिलवाल, प्रवक्ता सावित्री गुरुङ र वडा नम्बर ३ का सभापति बुद्धिप्रसाद सिलावललगायतको उपस्थिति रहेको थियो ।

एमालेका नेता देवी ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल चितवनमा अलोकप्रिय बन्दै गएका बेला एमाले र माओवादीका जिल्लास्तरीय नेताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Sunday, 2021 August 8, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया