भारत भ्रमणमा अध्यक्ष अन्सारी, उपाध्यक्ष रशीदसँग भेटवार्ता
नयाँदिल्ली । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र भारतको राष्ट्रिय अल्पसंख्यक आयोगका उपाध्यक्ष अत्लिफ रशीदसँग शिष्टाचार भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका अध्यक्ष अन्सारी र रशीदबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटवर्ताका क्रममा अध्यक्ष अन्सारीलाई उपाध्यक्ष रशीदले भव्य स्वागत गरेका थिए ।
भेटवार्तामा नेपाल र भारतबीच सहयोग आदान प्रदानका विषयमा पनि कुराकानी भएको अध्यक्ष अन्सारीको सचिवालयले जनाएको छ ।
मुसलमान विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम, इस्लामिक शिक्षा प्राप्त गर्ने राम्रो तरिकाहरू, सेवा विकास परियोजनाहरूको निर्माण, नेपालका जनताको विशिष्ट आवश्यकताहरू र प्राथमिकताका विषयमा सम्वाद भएको थियो ।
अध्यक्ष अन्सारी र उपाध्यक्ष रशीदबीचको भेटवार्तामा अल्पसंख्यक आयोगका सचिव सिद्धार्थ के. देवको पनि उपस्थिति रहेको थियो ।
यसअघि, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले स्वागत गरेका थिए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया