देउवाले बोलाए कांग्रेसको बैठक, १४औँ महाधिवेशनबारे निर्णय हुने

काठमाडौं । मुलुलकको पछिल्लो राजनीतिक अवस्था र १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरेर केन्द्रीय कार्यसमितिको बैठक बालाइएको जानकारी दिए । सभापति शेरबहादुर देउवाले बैठक बोलाउन निर्देशन दिएका हुन् ।

बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित बनेको छ । कार्यतालिकामा केही सधार गरेर तोकिएको समयमा महाधिवेशन गर्ने पक्षमा सभापति देउवा रहेका छन् ।

Published : Friday, 2021 August 6, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया