आधा किलोको सुनको सिक्री र करोडभन्दा महँगा गाडी चढेर एमालेद्वारा सुकुम्बासीका नाममा प्रदर्शन

काठमाडौं । एमालेका नेता महेश बस्नेत र उनको राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा सुकुम्बासीका नाममा गरेको प्रदर्शनलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

बस्नेतको निर्देशनमा काठमाडौंको जडीबुटीस्थित मनहरामा सुकुम्बासीका नाममा प्रदर्शन भएको थियो । प्रदर्शनमा आधा किलो सुनको सिक्री लगाएका गुण्डा जस्ता देखिने युवाहरू पनि संलग्न थिए । सुकुम्वासीका नाममा भुसतिघ्रेहरू सुनका सिक्री लगाएर प्रदर्शनमा उत्रिएपछि विरोध भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमालेका कार्यकर्ता पाल्न बनाइएको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिदिएपछि रिसाएका एमाले र बस्नेत ग्याङले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

सुकुम्वासीको नाममा भएको युवा संघको प्रदर्शनमा सहभागी हुन एक करोडसम्मका गाडी चढेर प्रदर्शनकारीहरू आएका थिए ।

एमालेका नेता देवी ज्ञवालीलाई अध्यक्ष बनाएर राज्यमन्त्री सरहको सुविधा दिएर तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले आयोग बनाएका थिए । अध्यक्ष ज्ञवालीले कामै नगरेर एक वर्षमा २२ करोड सरकारी पैसा सिध्याएका थिए ।

Published : Thursday, 2021 August 5, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया