गृहमन्त्री खाणसँग प्रधान सेनापति थापाको विदाइ भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग र प्रधान सेनापति पूर्णचन्द्र थापाले विदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा खाण र थापाबीच भेटवार्ता भएको हो । भेटमा नेपाली सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माको पनि उपस्थिति रहेको थियो ।

प्रधानसेनापति थापाले भदौ २४ गतेदखि उमेर हदका कारण अनिर्वाय अवसका पाउँदै छन् । थापा साउन २५ गतेदेखि विदा बस्दै छन् ।

यसैबीच, गृहमन्त्री खाणसँग गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश संसदीय मामिलामन्त्री विन्दुकुमार थापाले भेट गरेका छन् ।

भेटमा प्रदेशको पछिल्लो कार्य प्रगति र भावी योजनाका बारे छलफल भएको गृहमन्त्री खाडाको निजी सचिवालयले जनाएको छ ।

Published : Wednesday, 2021 August 4, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया