ओलीका डाइहार्ड फ्यानविरुद्ध सरकारको बबाल निर्णय, एमालेभित्र खैलाबैला
काठमाडौं । आचारसंहिता विपरीतको काम गरेको भन्दै सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई चारणविपरीत कार्य गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका छन् ।
तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले एक वर्ष अगाडि रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेका थिए । भट्टराई एमालेका अध्यक्ष ओलीका डाइहार्ड फ्यान हुन् । ओलीको पक्षमा भट्टराईले सामाजिक सञ्जालमा जथाभावी टिकाटिप्पणीहरू लेख्ने गरेका छन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति भट्टराईले तल्लोस्तरका टिप्पणी गर्दै आएका छन् । भट्टराईलाई कारबाही गर्न चर्को दवाव थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया