नानाभाँती गर्ने ओली समर्थकहरूलाई प्रहरी हेडक्वाटरले नाङ्गेझार बनाइदियो

काठमाडौं । नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको सरुवा वढुवामा आर्थिक अनियमितता सम्बन्धमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले आइतबार विज्ञप्ति जारी गरेर मनोगत, भ्रामक, कपोकल्पित र तथ्यहीन समाचार सम्प्रेषण नगर्न चेतावनी दिएका छन् ।

‘हालै एक सञ्चारमाध्यममा प्रहरी कर्मचारीहरूको सरुवा बढुवामा आर्थिक अनियमितता सम्बन्धमा प्रकाशित समाचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल प्रहरीमा नियमित रुपमा हुने सरुवा बढुवा जस्ता वृत्ति विकासका अवसरहरू संगठनको स्थापित सर्वमान्य विधी र पद्दतीका आधारमा निष्पक्ष, पारदर्शी र नियमितसम्मत रुपमा कार्यन्वयनमा आइरहेको व्यहोरा सबैमा बिनम्रतापूर्वक जानकारी गराउँदै त्यस्ता किसिमका अत्यन्तै मनोगत, भ्रामक, कपोकल्पित र तथ्यहीन समाचारको भ्रममा नपर्न हुन सबैमा हार्दिक अनुरोध गरिएको छ’, प्रवक्ता कुँवरले भनेका छन् ।

एमालेका अध्यक्ष एवम् पूर्वधानमन्त्री खड्गप्रसाद ओली समर्थक केही अनलनइनहरूले प्रहरीको बद्नाम हुने गरेर तथ्यहीन समाचार सम्प्रेण गरेपछि प्रहरी प्रधान कार्यालयको विज्ञप्ति आएको छ । आरोपहरूको खण्डन गरेको छ ।

ओलीले प्रधानमन्त्री पद फुत्किनुभन्दा केही दिन अगाडि प्रहरीका डीआईजी सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गरेर प्रहरीको सबैभन्दा आकर्षक मानिने मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापना गरेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै ओली समर्थक एआईजी थापालाई प्रशासन विभागको जिम्मेवारी नदिएपछि दवाव सिर्जना गर्न ओली र एमाले समर्थक अनलाइनहरूले नानाभाँती समाचार लेखेर प्रहरीको बद्नाम गर्ने प्रयास गरिरहेका छन् ।

Published : Sunday, 2021 August 1, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया