कास्की आर्दश समाज साउदीको अध्यक्षमा सापकोटा चयन

विष्णु घिमिरे

साउदी अरेबिया । साउदी अरेबियामा कास्की आर्दश समाजले दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अमर सापकोटा सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

कोरोना भाइरस र साउदीको नियमलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि कास्की आर्दश समाज अन्तर्राष्ट्रिय परिषद आईसीसी अध्यक्ष गोविन्द पौडेल रहेका थिए ।

विशिष्ट अतिथि साउदीका संस्था संरक्षक तथा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल, कास्की आर्दश समाज मध्यपूर्व संयोजक कृष्ण पुरी, परिषदका पदाधिकारी, सामाजसेवी दीपक रेग्मी, एनआरएनका मानार्थ सदस्य रमेश भण्डारी लगायत साउदीमा रहेका भ्रातृ संगठन, एनआरएन, सामाजिक संघसंस्था, सामाजिक व्यक्तित्व, कलाकार लगायतको उपस्थिति रहेको थियो ।

महासचिव मनीष थापाले कार्यक्रम सञ्चालन गरेका थिए । अमृत पौडेलले साउदीमा रहेका सामाजिक संस्थामध्ये समाज नितान्त गैरराजनीतिक तथा गैरनाफामुलक संस्था रहेको बताए ।

समाज मध्यपूर्व संयोजक कृष्ण पुरी, एनआरएन मानार्थ सदस्य रमेश भण्डारी तथा समाजसेवी दीपक रेग्मीले कास्की साउदी अरेबियाले स्थापनाकालदेखि राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

अध्यक्ष अमर सापकोटाले कार्यक्रम सफल बनाउन र कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यावाद दिए । उनले समाजका तर्फबाट स्वास्थ्य सामग्री, आर्थिक, साउदीमा कोरोनाभाइरस तथा बिभिन्न कारणले अलपत्र परेका नेपालीलाई सहयोग गरिएको बताए ।

गृहजिल्ला कास्कीमा रहेका अति विपन्न समुदायका बालबालिका शिक्षाबाट बञ्चित हुनबाट रोक्नका लागि कास्की आदर्श अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालद्वारा स्थापित कास्की आदर्श शैक्षिक अक्षयकोषका लागि १ लाख ५० हजार रूपियाँभन्दा बढी आर्थिक सहयोग गरिएको छ ।

साउदीमा रोजगार गुमाएर स्वदेश फिर्ताको लागि अलपत्र परेका ८० जना भन्दा बढि नेपालीलाई एक महिनाको लागि खाद्यान्न सहयोग गरेको उनले जानकारी दिए ।

राजदूतावास सेल्टरमा रहेका महिलालाई हवाई टिकट स्वरूप १ लाख १० हजार रूपियाँ तथा मिर्गौलापीडित तथा अन्य क्षेत्र समेत गरि हालसम्म १२ लाख रूपियाँ सहयोग गरेको जानकारी दिइएको छ ।

प्रथम अधिवेशनबाट २०२१–२०२३ को लागि अमर सापकोटाको अध्यक्षतामा भौगोलिक हिसाबले २१ जनाको कार्यसमिति चयन गरेको छ ।

समाजको संरक्षकमा अमृत पौडेल, प्रमुख सल्लाहकारमा शिवबहादुर ढकाल, सल्लाहकार रमकान्त सापकोटा, टीका केसी, हिमलाल सेवा, खेम गुरुङ, किरणकुमार पुरी, शंकर थापा, प्रवक्तामा कमल शाही ठकुरी चयन गरिएको छ ।

प्रथम उपाध्यक्षमा ओमबहादुर कुमाल, द्वितीय उपाध्यक्षमा रवि सापकोटा, तृतीय उपाध्यक्षमा लक्ष्मी पौडेल, महासचिवमा मनीष थापा, सचिवमा बुद्धि भुजेल, कोषाध्यक्षमा तुलसीराम भण्डारी, सह– कोषाध्यक्ष गीता आले मगर चयन भएका छन् ।

सदस्यमा रेशम केसी, ओमबहादुर गुरुङ, भोजराज पौडेल, सिर्जना गुरुङ, अर्जुन क्षत्री, राम गुरुङ, मनकाजी गुरुङ, लक्ष्मी पौडेल क्षत्री, सन्तोष गुरुङ, भरत पौडेल, सिर्जना भण्डारी, नन्दराज परियार, विष्णु ढकाल, खिम गुरुङ, युक्त ज्वार्चन, बुद्धिप्रसाद पौडेल रहेका छन् ।

Published : Sunday, 2021 August 1, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया