ओली निकट अर्थ सचिव हटाएर मन्त्री शर्माले ल्याए नयाँ सचिव, अर्याल पनि तानिए

काठमाडौं । सरकारले तीन जना सचिवहरूको सरुवा गरेको छ ।

मन्त्रिपरिषदको साउन १२ गते बसेको बैठकले अर्थ मन्त्रालयमा सचिव मधुकुमार मरासिनीको सरुवा गरेर ल्याइएको स्रोतले जनाएको छ ।

मरासिनीलाई एक वर्ष अगाडि खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले अर्थ मन्त्रालयमा ल्याएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र ओली समर्थक सचिव ढुंगानालाई हटाएर मरासिनीलाई ल्याएका हुन् ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ ।

सरकारले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर ल्याइएको छ ।

Published : Sunday, 2021 August 1, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया