स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ काम गर्न सक्षम व्यक्तिभन्दै कांग्रेसको उद्योग विभागले दियो शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय उद्योग तथा व्यापार विभागले कोरोना महामारीका बेला उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेको भन्दै कार्यकालको सफलताका लागि शुभकामना दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको स्वास्थ्यमा गम्भीरता देखाउँदै श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले बताएका छन् ।

‘विश्वभरि महामारीको रुपमा कोरोनाभाइरसको संक्रमणबाट आक्रान्त जनताको स्वास्थ्यलाई प्रथम प्राथमिकता दिने प्रतिवद्धताका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएकोमा यो विभाग उमेश श्रेठलाई हार्दिक बधाइ एवम् सफलत कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख श्रेष्ठले भने, ‘आधुनिक विश्व अर्थराजनीतिमा सबै पेशा, वर्ग, क्षेत्र र समुदायको योग्यता, क्षमता र दक्षताका आधारमा विश्वका धेरै मुलुकहरूले सहभागितामुलक शासनपद्धतिलाई आत्मसात गर्दै जनअपेक्षाअनुसार सफलता हासिल गरेको प्रसस्त उदाहरण हामीले देखेका छौँ ।’

‘योग्यता, क्षमता र दक्षता र दक्षताका आधारमा गरिने समावेशी एवम् सहभागितामुलक कदमले मात्र देश र जनताको भावना र चाहनालाई सफलतापूर्वक सम्बोधन गर्न सक्ने कुरामा नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा व्याार विभाग विश्वस्तरहेको छ’, श्रेष्ठले भनेका छन् ।

Published : Saturday, 2021 July 31, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया