सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा १५ बोरा बिडी बरामद

काठमाडौं, १६ साउन । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ६ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १५ बोरा बिडी र १ बोरा प्लाष्टिक बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

Published : Saturday, 2021 July 31, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया