कांग्रेस नेता रसाइलीले सुनकाण्ड र निर्मलाबारे गरेको खुलासाले ओलीका भक्तको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता प्रकाश रसाइलीले तत्कालीन एमालेको सरकारले अपराधीहरूलाई झण्डा हालेको गाडीमा राखेर घरसम्म पुर्‍याएको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै रसाइलीले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी सरस्वती प्रधानलाई छुटाएर घर लैजाने एमालेका मन्त्रीले सुन काण्ड र निर्मला पन्तका अपराधीलाई कुन–कुन गाडीमा राखेर लगेको हो भनेर प्रश्न गरेका छन् ।

‘गत असर १ गते राजधानी काठमाडौंको मुटुमा रुपा विक र घरबहालका विषयमा सरस्वती प्रधानका बीचमा जातीय विभेदको घटनालाई लिएर एउटा विवाद सिर्जना भयो’, सांसद सराइलीले भने ।

‘राज्यले नियन्त्रणमा लिएकी घरबेटी मालिक सरस्वती प्रधानलाई तत्कालीन शिक्षामन्त्रीले आफ्नै गाडीमा राखेर आफै जमानी बसेर छुटाउनुभयो’, उनले भने, ‘अहिले प्रतिपक्षमा रहेको पार्टीलाई अहिले मैले प्रश्न गर्न चाहन्छु । झण्डा हालेर अपराधी व्यक्तिलाई छुटाइयो भने अरु सुनकाण्डका दोषी, ती निर्मला पन्तका दोषीहरूलाई कुन–कुन झण्डा नहालेका गाडीमा ल्याएर छुटाएर घरमा पु¥याइयो ? यो प्रश्न आज सबै नेपाली जनताका बीचमा बहसको विषय बनेको छ ।’

सांसद रसाइलीले भने, ‘प्रश्न रुपा विक र सरस्वती प्रधानको मात्रै होइन । देशको राज्यको मन्त्री जसले देशको संविधान कानून आफूले पालना गर्नुपर्छ रक्षा गर्नुपर्छ, त्यो रक्षक नै भक्षक भएपछि दलितले कहाँ गएर न्याय पाउने ?’

Published : Friday, 2021 July 30, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया