कांग्रेसका पूर्वसांसद सिंहको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद अकबरबहादुर सिंहको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

दार्चुला कांग्रेसका नेता एवम् पूर्वसांसद सिंहको ९० वर्षको उमेरमा काठमाडौंको गौशालास्थित तिलगंगामा शुक्रबार निधन भएको हो ।

दार्चुला जिल्ला मार्मा गाउँपालिका–५ निवासी स्वर्गीय सिंह वि.सं. २०४८ सालमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

स्व.सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

सिंह सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आएका थिए । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेस संसदीय दलले जनाएको छ ।

सिंहको निधनप्रति कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘पूर्व सांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुखित बनाएको छ’, देउवाले भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

देउवाले भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Published : Friday, 2021 July 30, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया