ललितपुरमा दिगि छेँमा क्षमा पूजासहित पुनर्निर्माण शुरू
काठमाडौं । ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य शुरु भएको छ ।
पुनर्स्थापना कार्य शुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् ।
काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकारका अधिकारीहरू पूजामा सहभागिता जनाएका थिए । नेपाली रुपियाँ १८.१ करोडमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।
भूकम्पले क्षति पुर्याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो ।
ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया