पोखराका पर्यटन व्यवसायीहरूलाई खोपमा प्राथमिकता दिन गृहमन्त्री खाणसँग अनुरोध
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिप्रसाद शर्माले सर्वसाधारणसहित उद्योगी, पर्यटन व्यवसायीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
सिंहदरबारमा बिहीबार खाणलाई शुभकामना दिने क्रममा मन्त्री शर्माले पोखरा पर्यटकीय नगर भएकाले त्यहाँका पर्यटन व्यवसायीहरूलाई खोप लगाइदिनुपर्ने बताएका हुन् ।
उनले कोरोनाविरुद्धको खोप सबै जनताका लागि अनिर्वाय भएको भन्दै केन्द्र सरकारसँग आफूहरूले सहयोगको अपेक्षा राखेको बताएका छन् ।
गृहमन्त्री खाणले पोखरा लगायत गण्डकी प्रदेश पर्यटनलाई पुनःजीवन दिनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयसँग तत्कालै समन्वय गरी खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।
Published : Thursday, 2021 July 29, 10:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया