अचानक नेपाल छाडेका विमलेन्द्र निधी दिल्लीमा फेला परे

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधी सुटुक्क भारतको राजधानी नयाँदिल्ली गएका छन् ।

सभापति शेरबहादुर देउवाको समूह छाडेका निधीले आफ्नै गुट चलाउने प्रयास गरिरहेका बेला दिल्ली गएका हुन् । निधी दिल्ली गएको उनको निजी सचिवालयले जनाएको छ ।

उप–सभापति निधी बुधबार बिहान नयाँदिल्ली गएका हुन् । निधी दिल्ली किन गएका हुन् खुलाइएको छैन ।

निधी दिल्ली जाने क्रममा काठमाडौंबाट बिराटनगर हुँदै भारतको सिलिगुडी, कलकताबाट नयाँदिल्ली गएका हुन् । निधी दिल्ली गएको विषयमा बालुवाटार अनभिज्ञ छ ।

Published : Wednesday, 2021 July 28, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया