डीआईजी श्रेष्ठ पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको नायब महानिरीक्षक (डीआईजी) पुनर्वहाली भएका प्रवीण श्रेष्ठ पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नहुने आदेश गरेपछि श्रेष्ठले अवकाश पाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार चुडाल रहेको इजलासले श्रेष्ठको मुद्दामा सुनुवाइ गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

डीआइजीमा एक वर्ष म्याद थप नभएको एक महिनापछि श्रेष्ठ अदालत गएका थिए । उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो ।

Published : Wednesday, 2021 July 28, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया