कांग्रेस नेतृ संग्रौलाको कुरा सुनेपछि एमाले नेताहरूभित्र खैलाबैला, बालकोटलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.डिला पन्त संग्रौलाले वर्तमान सरकार परमादेशबाट नभई जनादेशबाट बनेको बताएकी छिन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै संग्रौलाले १६५ जना सांसदको समर्थनमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा जनादेशबाट आएको प्रधानमन्त्री रहेको बताइन् ।

खड्गप्रसाद ओली नेतृत्वको एमालेका नेता र सांसदले प्रधानमन्त्री देउवालाई नानाथरी आक्षेप लगाएपछि उनले बचाउ गर्दै एमालेका नेताहरूलाई पाठ पढाएकी हुन् ।

वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको बताउँदै यो अपेक्षा पुरा गर्न सरकार सफल हुने विश्वास उनले व्यक्त गरिन् । उनले भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो सरकार जनताको जनादेश हैन, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेको आरोप पनि लगाइन् ।

संविधानको भावना विपरीत २ पटक प्रतिनिधिसभा विघटनका साथै संविधानको धारा ७६ ९५० अनुसार बहुमत प्राप्त गरेकाले सरकार परमादेशबाट हैन, जनादेशबाट बनेको उनको भनाइ थियो ।

उनले ओलीको एक–एक हर्कतको संसदमा भण्डाफोर गरिदिएकी छिन् । उनले प्रश्न गर्दै भनेकी छिन्, संविधानको धाराहरू कसले छियाछिया बनायो ? दुई–दुई पटक संसद विघटन कसले ग¥यो ? बहुमत सांसदको अधिकार कसले कुण्ठित गर्‍यो ?’ उनले अदालतको परमादेशले नभइ संसदले प्रधानमन्त्री बनेको बताएकी छिन् ।

विशेष समयमा बोल्दै उनले भनिन्, ‘सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर संविधानको कार्यान्वयन, आम नेपाली जनताको जीवनरक्षा एवं जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउनु पर्दछ ।’

कोरोना संक्रमणको व्यवस्थापनको लागि सर्वप्रथम विशेषज्ञहरूको संयन्त्र मार्फत चिकित्सकहरुलाई समावेश गरी परामर्श लिने र प्रत्येक नेपालीलाई कोरोना विरुद्धको खोप पहिलो आवश्यकता रहेको बताउँदै त्यसका लागि कूटनीतिक पहल गर्नुपर्नेमा उनले बताएकी छिन् ।

कांग्रेस नेतृ डा.संग्रौलाको तर्कले एमालेका नेताहरूभित्र खैलाबैला भएको छ । देउवाको विरोध गर्नेहरूलाई उनले सचेत समेत गराएकी छिन् ।

Published : Wednesday, 2021 July 28, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया