देउवाको विरोध गर्ने ओलीवाला एमालेको चित्त बुझ्ने गरि नेता मुसलमानले यसरी पाठ पढाए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद अतहर कमाल मुसलमानले संविधानमा भएको व्यवस्था अनुसार भइरहेका प्रक्रियामा रोइलो नगर्न खड्गप्रसाद ओली नेतृत्वको एमालेलाई चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद मुसलमानले संवैधानिक व्यवस्थाबाटै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिएको बताए । उनले संविधानको ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएको भन्दै सर्वोच्चको फैसलाको ब्याख्यामा बखेडा नगर्न सुझाव दिएका हुन् ।

‘यहि सदनबाट संविधानको घोषणा हुँदा खेरी सांसदलाई कुनै पनि प्रधानमन्त्रीले छडी चलाउन सक्दैनन भनेर यस किसिमले हामीले संविधान निर्माण गरेका छौँ’, सांसद मुसलमानले भनेका छन् ।

‘संविधानको ब्याख्या संविधानमा हामीले सर्वोच्च अदालतको संवैधानिक बेञ्चले गर्नेछ भनेर ब्याख्या गरिसकेपछि, निर्णय गरिसकेपछि संविधान निर्माण गरिसकेपछि, अहिले त्यसैलाई लिएर रोइला कुनै समस्या मैले देख्दैन’, उनले भने ।

‘जनताबाट निर्वाचित जनप्रतिनिधिहरू पुनः यहि सदनभित्र आएर सदनमा मतदान प्रक्रियाद्वारा नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिइसकेको अवस्थामा कार्यकालको सफलताको साथसाथै अहिलेको अवस्थामा वर्तमान अवस्थामा देखिएको विभिन्न खालको बेथितिहरूलाई अन्त्य गर्दै जनताका समस्या समाधान गर्नेछ’, सांसद मुसलमानले भनेका छन् ।

ओली निकटको एमालेका नेता र सांसदहरूले अदालतको फैसलालाई लिए विभिन्न खालका अफवाह फैलाएपछि कांग्रेसका सांसद मुसलमानले उनीहरूलाई सचेत गराएका हुन् ।

Published : Wednesday, 2021 July 28, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया