बाबुराम ‘ग्याङ’लाई औकातमा बस्न कांग्रेस नेता शाहको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद अभिषेकप्रताप शाहले हिन्दूधर्ममाथि भइरहेको प्रहारको विरोध गर्दै बाबुराम भट्टराईको ‘ग्याङ’लाई औकातमा बस्न सचेत गराएका छन् ।
प्रतिनिधिसभाको मंगलवार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले हिन्दूधर्ममाथि प्रहार गर्ने काम नगर्न सचेत गराएका हुन् ।
पूर्वप्रधानमन्त्री भइसकेको, पढेलेखेको व्यक्तिले पदीय मर्यादाले पनि यस्तो चिप कुरा गर्न नसुहाउने भन्दै सांसद शाहले आइन्दा यस्तो गल्ती नदोहो¥याउन चेतावनी दिएका छन् ।
‘यो देश सबै धर्मको हो । हामीले सबै धर्मको इज्जत गर्ने गरेका छौं । सबै धर्मलाई उत्तिकै सम्मान हुनुपर्छ भन्ने हाम्रो धारणा हो’, सांसद शाहले भनेका छन् ।
‘तै पनि उहाँजस्तो पढालेखा सिनियर व्यक्तिले त्यस्तो अभिव्यक्त दिइसकेपछि पूरै नेपालमा हिन्दुहरू एकदमै आक्रोशित छन्’, उनले भने, ‘यस्ता टिप्पणी आइन्दा नआओस् । म सचेत गराउन चाहन्छु ।’
बकर इदका दिन बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमा योगी आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको तस्बिर शेयर गर्दै अन्धविश्वास खतरनाक हुने अपमान गरेका थिए ।
बाबुरामले दुध फाल्ने र गहुँत खाने गरेको भन्दै खिल्ली उडाउँदै हिन्दुहरूको आस्थामाथि चोट पुर्याउने काम गरेका थिए । बाबुरामको हिन्दु विरोध हर्कतको देशभरि विरोध भइरहेका बेला कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य शाहले संसदभित्रै सचेत गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया