सहमतिपछि कांग्रेस नेता डा.यादव समूहले अनसन तोड्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्रमोहन यादवसहितका तीन जनाले आमरण अनसनमा तोडेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेका डा.यादवसहितका तीन जनाले मंगलबार आमरण अनसन तोडेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । डा.यादवसहितका नेताहरूको स्वास्थ्य गम्भीर बनेपछि अनसन तोडाइएको हो ।

डा.यादवसहितका तीन जना १० दिनदेखि आमरण अनसनमा बसेका थिए ।

कांग्रेसका सह–महामन्त्री डा.महत र नेता डा.रामशरण महतले १० दिनदेखि आमरण अनसनमा बसेका धनुषाका नेताहरूको अनसन तोडाएका छन् ।

डा.यादवसहितका नेताहरूसँग छ बुँदे सहमति भएको छ । क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि डा.यादवको समूह कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अनसन बसेको थियो ।

डा.यादवको समूहले आमरण अनसन तोडेपछि बारासहितका जिल्लाका नेताहरूको अनसन भने यथावत छ । उनीहरूले पनि क्रियाशील सदस्यता वितरणमा आफूहरूलाई अन्याय गरेको भन्दै अनसन बसेका छन् ।

Published : Tuesday, 2021 July 27, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया