बर्दियामा कांग्रेसका लोकप्रिय नेता थारुको निधन

बर्दिया । नेपाली कांग्रेस बर्दियाका नेता मनीराम थारुको निधन भएको छ ।

मधुवन नगरपालिका– १ सूर्यपटुवा निवासी थारुको आइतबार ६२ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेसको क्रियाशील सदस्य रहेका थारु पञ्चायतकालदेखि नै स्थानीयस्तरमा पार्टी कार्यरत थिए ।

प्रजातन्त्र स्थापनापछि दुई पटक वडाध्यक्ष पदमा अत्याधिक मत लिई थारु विजयी भएका थिए । उनको लोकप्रियताकै कारण दुई पटक वडाध्यक्षमा जितेका हुन् ।

गाउँ बडघर भई तिहाई प्रथाको अन्त्य गरी गाउँको उन्नति प्रगतिमा कांग्रेस नेता थारुको ठूलो योगदान रहेको कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् ।

Published : Monday, 2021 July 26, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया