अध्यक्ष विष्टले खर्च दिएर दुई जनालाई उपचार गर्न अस्पताल पठाए, दुःखीको सहारा बन्दै तरुण दल

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता हरि विष्टले अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

सुर्खेत जिल्लाको वीरेन्द्रनगर–१ धारापानीका ६२ वर्षीय पूर्णप्रसाद कँडेल र बांगेसिमलका ५० वर्षीय लालबहादुर बिकलाई अध्यक्ष विष्टले जनही १०/१० हजार नगद सहयोग गरेका हुन् ।

कँडेल चैत ७ गतेदेखि प्यारालाइसिस भएपछि आर्थिक अभावमा उपचार नपाएर थलिएका छन् । कँडेल परिवार आर्थिक अभावमा तनावमा रहेको जानकारी पाएपछि तरुण दलका अध्यक्ष विष्ट आफै घरमा पुगेर आर्थिक सहयोग गरेका हुन् ।

अध्यक्ष विष्टले भनेका छन्, ‘वीरेन्द्रनगर मै भएर पनि उपचारका लागि प्रदेश अस्पताल समेत जानुभएको रहेनछ । उहाँलाई उपचार गराउनका लागि आजै प्रदेश अस्पतालमा पहल गरिएको छ ।’

कँडेलका परिवारमा श्रीमती, बुहारी, नाती र नातिनी छन् । उनका छोराको २०६९ साल भदौ २६ गते कर्णाली नदीमा गाडी दुर्घटना हुँदा मृत्यु भएको थियो ।

कँडेलको उपचारका लागि आर्थिक अभाव भएकोले थप सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

तरुण दलका अध्यक्ष विष्टले बांगेसिमल घर भएका लालबहादुर बिकलाई १० हजार आर्थिक सहयोग गरेका छन् ।

रुखले च्यापिएर हात र करङमा चोट लागेपछि आर्थिक अभावमा बिकको उपचार हुन सकेको थिएन । सामान्य उपचार भएपनि बिकले उचित उपचार पाएका थिएनन् ।

बिकलाई उपचारका लागि तरुण अध्यक्ष विष्टले कोहलपुर मेडिकल कलेजमा पठाएका छन् । आर्थिक अभाव भयो भने आफूले सक्ने सहयोग आगामी दिनमा गर्ने समेत विष्टले बताएका छन् ।

गायक समेत रहेका विष्ट लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष पनि हुन् । सुर्खेतमा कोरोना महामारीका बेला विष्टले खाद्यान्नसहित स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएका छन् ।

सामाजिक कार्यहरूमा आफूलाई अग्रसर गराउने विष्टले समस्यामा परेका अति विपन्न परिवारलाई सानो भए पनि सहयोग गर्दै आएका छन् ।

उनको नजरमा विशेष गरेर दलित परिवारलाई सहयोग गर्नुपर्छ भन्नेछ । विष्टले सहयोग गर्दा जात, वर्ग वा समूह केही पनि हेर्दैनन् । समस्यामा परेकालाई सिधै सहयोग गर्छन् ।

केही दिन अगाडि मात्रै तरुण दलका अध्यक्ष विष्टले एउटा सरकार विद्यालयको खेल मैदान बनाउन एक लाख रुपियाँ आर्थिक सहयोग गरेका थिए ।

Published : Sunday, 2021 July 25, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया